घरबाट नास्ता खान लिएको पैसा बचाएर जि.भि.एन.का विद्यार्थीद्वारा आश्रममा खाद्यान्न सहयोग



नेपालगन्ज : अध्ययनरतको संगसंगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको जि.भि.एन. कलेजमाअध्ययनरत विद्यार्थीहरुले आफ्नो घरबाट नास्ता खान विद्यालयमा लिएको पैसा बचाएर मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेका छन् । उक्त विद्यालयमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले थोरै थोरै रकम उठाएर सोमबार नेपालगन्जमा रहेको मानव सेवा आश्रममा चामल, तरकारी लगेर दिएका थिए । 



आइतबार उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुले चिसो बढेको भन्दै बागेश्वरी मन्दिर परिसरका बृद्धअबश्थामा रहनु हुने बुबा आमा, सडकमा डिउटीमा खटिएका राष्ट्र सेवक प्रहरी कर्मचारीहरुलाई चिया र बिस्कुट बाडेका थिए । उक्त विद्यालयका संयोजक खुमलाल शर्माको उपस्थितिमा मानव सेवा आश्रममा लगेर खाद्यान्न बाडेका थिए ।
उक्त किसिमका सामाजिक काम गर्नाले विद्यार्थीहरुमा समाजप्रति उत्तरदायीत्व बढ्नुका साथै आफ्ना बुबा आमालाई घरमै सेवा गर्नुपर्छ भन्ने भावना जागृत हुने विश्वास गरिएको कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीले बताउनुभयो ।

Post a Comment

Previous Post Next Post