उत्कृष्ट साँस्कृतिक प्रस्तुती गरेका विद्यार्थीहरुलाई सम्मान

नेपालगन्जको बिबिएस कलेज एनएमसिले गत बैशाख २९ गते सम्पन्न भएको प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत र चौथो वर्षका विद्यार्थीहरुलाई विदाई गरिएको कार्यक्रममा उत्कृष्ट साँस्कृतिक प्रस्तुती गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ।


कार्यक्रममा स्वागत मन्तब्य राख्दै कलेजका प्रमुख निर्देशक ईश्वर पोखरेलले उत्कृष्ठ सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका २९ जना विद्यार्थी कलाकार र कोरियोग्राफरलाई धन्यवाद व्यक्त गरेका थिए। साँस्कृतिक प्रस्तुतीमा सहभागी सबै विद्यार्थी कलाकारहरुलाई प्रमाणपत्र र नगद उपहार रु ५०० को प्रतिज्ञा पत्रले प्रदान गरेर सम्मान गरिएको थियो।

कार्यक्रमका अध्यक्ष तथा कलेजका प्रमुख शिक्षण सल्लाहकार प्रकाश लामिछानेले कलाकार विद्यार्थीहरुलाई रु ५०० नगदको साटो सोहि बराबरको प्रतिज्ञा पत्र प्रदान गर्नुको उद्देश्य व्यवस्थापनका विद्यार्थीहरुलाई वित्तिय साक्षरताको अनुभुती होस् भन्ने कलेजको मनसाय रहेको कुरा व्यक्त गरेका थिए।


देशमै उत्कृष्ठ नतिजाका साथ नेपालगन्जको एनएमसी कलेजले बिबिएस र एसिसिएको अध्यापन गराउँदै आएको छ।

Post a Comment

Previous Post Next Post