बाल बिबाह न्यूनीकरणका लागि सप्ताहब्यापी कार्यक्रम गर्दै दुल्लू ८

दैलेखको दुल्लु नगरपालिका वडा नं. ८ मा यतिबेला बढ्दै गएको बालविवाह,जवरजस्ती र घरेलु हिंसा न्युनिकरण र रोकथामका लागि एक वृहत छलफल गरेको छ । वडास्तरमा हुनेगरेको बालविवाह,छाउपडि, छुवाछुत लगाएत सामाजिक अपराध न्युनिकरणका लागि भन्दै सरोकारवालाहरुसँग वृहत छलफल गरेको हो । वालविवाह न्युनिकारण क्षेत्रमा क्रियासिल आवाज र दुल्लू नगरपालिका को साझेदारीमा संचालित संकल्प परियोजनाको सहकार्यमा वडाले जेठ १३ गते देखि १९ गते सम्म साताव्यापी कार्यक्रमका साथ जनचेतनामुलक क्रियाकलाप गर्ने योजना अघि सारेको छ ।
वडाभित्रका टोलविकास संस्थाका प्रतिनिधिहरु,राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, बालक्लब र युवाक्लबका प्रतिनिधिहरु, सामुदायिक विद्यालयका शिक्षकहरु लगाएत सरोकारवालाहरुसँग अन्तरक्रिया र छलफल गर्दै वडाले साताव्यापी क्रियाकलाप गर्नलागेको हो । साताव्यापी कार्यक्रम मा विभिन्न साँस्कृत कार्यक्रमका साथै सडक नाटक समेत प्रदशन गरिने आवाजका जिल्ला परियोजना संयोजक दिपेन्द्र बिरकट्टा मगरले जानकारी दिनु भयो |

छलफल पश्चात बोल्दै वडाध्यक्ष शुसिल कुमार भण्डारीले वडा अध्यक्ष भए पछी बालबालिका संग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवशर समेत प्राप्त हुने र यतिबेला समग्रमा बालविवाह न्युन भएपनि कुनै समुदायमा बढ्दो क्रममा भएकाले वडाभित्रका हरेक टोलमा सडक नाटक देखि क्रियाकलापहरुका साथ बालविवाह न्युनिकरण गर्दै आगामी दिनमा वालविवाहमुक्त वडाको रुपमा घोषणा गरिने बताउनुभयो । साथै यस क्रियालाप अन्तर्गत वडा न ८ का मुख्य मुख्य मानिसरुको आवत जावत हुने स्थानमा वाल बिबाह बिरुद्दका सुचनामुलक होर्डीङ्ग बोर्ड समे स्थापना गरिने भएको छ |

नगरपालिकाकै बढि दलित समुदायको रुपमा रहेको वडामा घरेलु हिंसा देखि बालविवाह बढ्दो क्रममा रहेको छ ।

Post a Comment

Previous Post Next Post