मिस्टर एण्ड मिस एस.ई.ई.को अडिसनबाट १९ जना छनोट

 नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको मिस्टर एण्ड मिस एस.ई.ई.को अडिसनबाट १९ जना छनोट भएका छन्।

शनिबार नेपालगञ्जमा भएको अडिसनबाट उल्लेखनीय सहभागीता रहेको थियो।


पिके इभेन्ट्स प्रालीको आयोजनामा मिष्टर एण्ड मिस एस.ई.ई तेस्रो संस्करण शनिबारदेखि शुरु भएको छ ।

इभेन्ट्सलाई ब्राण्डीङ गर्दै लैजाने योजनाका साथ तेस्रो संस्करणको अडिसनका लागि ४२ जनाले सहभागिता जनाएको प्रालिका अध्यक्ष प्रकाश कुँवरले जानकारी दिनुभयो ।

यो प्रतिस्पर्धामा भर्खरै यस वर्ष एस.ई.ई दिएको विद्यार्थीहरुले सहभागिता जनाउन पाउँछन्। नेपालगन्जमा हुनेगरेका ब्युटी पेजेन्ट कार्यक्रमहरु मध्य पिके इभेन्ट्सले गर्ने कार्यक्रम बिस्वस्निय र गुणस्तरीय हुने गरेकाले पनि सहभागीको अभिभावकहरुले समेत कार्यक्रममा चासो देखाएको पाइन्छ ।

कौशल सिटी मार्टको मुक्ख प्रायोजनमा र होलिल्याण्ड मा.वि को एजुकेशन पार्टनरमा रहेको तेस्रो संस्करणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको विजेता सेन्जल पौडेलले गर्दै हुनुहुन्छ ।

प्रतिस्पर्धाको दौरान सहभागिहरुलाई वाकिङ, फोटो सुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।

विजेताले छात्रवृत्ति र आयोजक पिके इभेन्ट्सको ब्रान्ड एम्बेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछ ।

यसैगरी अन्य विभिन्न विधाका विजेतालाई आर्कषक पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।

Post a Comment

Previous Post Next Post