मिस्टर एण्ड मिस एसईईका प्रतिस्पर्धीलाई दिईयो खानपीन शैलीको प्रशिक्षण

तेस्रो मिस्टर एण्ड मिस एसईई नेपालगन्जको फाइनल चरणमा पुगेका ८ जना प्रतिस्पर्धीहरुलाई खानपिन शैलीको बारेमा प्रशिक्षण दिईएको छ । 


प्रशिक्षण कार्यक्रम अघि शुक्रबार निलसागर सेवा आश्रममा मिस्टर एण्ड मिस एसईईको समुद्घाटन समारोह सम्पन्न गरिएको थियो । समुद्घाटन कार्यक्रममा कौशल सिटी मार्टका संचालक प्रितम राज कौशल र ऋषिराज ट्रेडर्सका संचालक ऋषिराज कौशलको उपस्थिती रहेको थियो । 

यसैगरी फाइनल चरणमा पुगेका प्रतिस्पर्धीहरुलाई ब्राइटल्याण्ड कलेजका बिएचएम विभागका संयोजक सुवेश श्रेष्ठले खानपिन शैलीको बारेमा प्रशिक्षण दिएका थिए । 

पिके इभेन्ट्सको आयोजनामा हुन लागेको तेस्रो मिस्टर एण्ड मिस एसईईको फाइनल कार्यक्रम असार ८ गते हुनेछ । 

आयोजक पिके इभेन्ट्स अध्यक्ष प्रकाश कुवँरका अनुसार फाइनल चरणमा पुगेका प्रतिस्पर्धाहरुलाई फोटो सुट, सामाजिक कार्य, खेलकुद, शौन्दर्यकला लगायतका बारेमा प्रशिक्षण दिईनेछ । 

कौशल सिटी मार्टको मुख्य प्रायोजन, ऋषिराज ट्रेडर्सको सह–प्रयोजन, न्यु राधेश्याम ज्वैलर्सको सहयोग र होलिल्याण्ड माविको एजुकेशन पार्टनरमा हुन लागेको तेस्रो संस्करणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको विजेता सेन्जल पौडेलले गदैछिन् ।


नेपालगन्जमा हुने गरेका ब्युटी पेजेन्ट कार्यक्रमहरु मध्ये पिके इभेन्ट्सले गर्ने कार्यक्रम विश्वसनीय र गुणस्तरीय हुने गरेकाले पनि सहभागीको अभिभावकहरुले समेत कार्यक्रममा चासो देखाएको आयोजकले बताएको छ । यस प्रतियोगिताको विजेताले छात्रवृत्ति र आयोजक पिके इभेन्ट्सको ब्रान्ड एम्बेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछ ।

यसैगरी अन्य विभिन्न विधाका विजेतालाई आर्कषक पुरस्कारको व्यवस्था गरेको अध्यक्ष कुवँरले जानकारी गराए ।

Post a Comment

Previous Post Next Post