प्रवेश ठकुरी, सुर्खेत
२०८१/८/१४ गतेका दिन आयोजक आवाज सुर्खेत र कोपिला भ्याली सेवा समाजले बिरेन्द्रनगर नगरपालिका १ नं वडा कार्यालय र चनाबारी स्वास्थ्य चौकी,बाल बिवाह विरुद्ध साझा अभियान संजाल कर्णाली प्रदेश,बाल हेल्पलाइन १०९८ द्वारा लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियानकोअवसरमा कानून सम्बन्धी सचेतनामूलक १ दिने अन्तरक्रिया कार्यक्रम गरियो । सुर्खेत जिल्ला प्रहरी महिला सेल प्रमुख संगिता रसाईली ज्यूले समाजमा ब्यापक रुपमा भइरहेका बिभिन्न हिंसा जनक क्रियाकलापहरुको रोकथाम गर्नु पर्छ र मेलमिलाप गर्ने। अनुसन्धान गर्ने ,सुझाव,सल्लाह, खोजतलास ,ब्यवस्थापन आदि जस्ता कानूनी राय दिनुभयो । र वडा नं १ की वडा सदस्य मनमाया बिकले लैङ्गिक हिँसा बाट बच्न र जनसमुदायलाई लैङ्गिक हिँसा अन्त्य गर्नुपर्छ र त्यसकालागि के कस्तो भुमिका खेल्नु पर्छ हामी गर्ने छु भन्नु भयो ।
Post a Comment