लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा सडक नाटक प्रदर्शन

 प्रवेश सिंह ठकुरी , मंसिर १५, सुर्खेत 

आवाज सुर्खेतद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा सडक नाटक प्रदर्शन गरिएको छ । आवाज सुर्खेतले मंसिर  १५ गते लैङ्गकि हिंसा बिरुद्धकाे १६ दिने अभियानको अवसरमा संन्देशमुलक सडक नाटक प्रदर्शन गरेको हाे ।



वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ का भाईबहिनीहरुले समाजमा वाल विवाह , जबरजस्ती करणी, ओसारपसार जस्ता घटनाहरुलाई न्यूनीकरण गर्ने उदेश्यले बालबालिकाहरुले संन्देशमुलक सडक नाटक देखाएका थिए । नाटक मार्फत बालबालिकाले हिंसा रहित समाजको निर्माण गर्ने तथा नाबालिकाहरु बेचिने र हिंसाजनक बिरुद्ध सडक नाटक देखाइएको थियोे ।




लैङ्गकि हिंसा राेकथामकाे लागि लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा आवाज सुर्खेतले विभिन्न रचनात्मक , सृर्नात्मक तथा जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरेर यो १६ दिन नै बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्ने छ र अभियान सफल पार्ने आवाज सुर्खेतकि कार्यक्रम संयोजक संगिता ओलीले बताउनुभयो।

Post a Comment

Previous Post Next Post