कोहलपुरमा धाडमा चक्कु रोपेर सख्त घाइते भएका युवको लखनऊमा सफल ऑपरेशन

नेपालगंज बाँके 

सिद्धार्थ जंग शाह 

​भाइटीकाको पूर्वसन्ध्यामा बाँके, कोहलपुर नगरपालिका वडा नम्बर ११ शान्ति टोलका १९ वर्षीय आशिषकुमार ओदालमाथि एक समूहले कार्तिक ५ गते बेलुकी ८ बजेतिर ढाडमा चक्कु प्रहार गरी ज्यान लिने प्रयास गरेको छ।


​रोपिएको चक्कुसहित घाइतेलाई कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो। ढाडमा रोपिएको चक्कु निकाल्दा थप जोखिम हुने भएपछि चक्कु ननिकाली छिमेकी देश भारतका लागि रिफर गरिएको छ। लखनऊमा शल्यक्रिया (अपरेसन) गरी चक्कु निकालिएपछि आशिषलाई आईसीयूमा राखी उपचार गरिँदै छ।


​इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी चक्रडम्मर पालका अनुसार:

​प्रारम्भिक अनुसन्धानबाट खगेन्द्रले आशिषमाथि चक्कु प्रहार गरेको खुलेको छ।​घटनाको सूचना पाउनासाथ प्रहरीले चक्कु प्रहार गर्नेहरूको खोजी सुरु गरेको थियो।प्रहरीले सोही दिन मध्यरातमा कोहलपुर वडा नम्बर १० का २४ वर्षीय खगेन्द्र रोकाया, उनका भाइ १९ वर्षीय गणेश रोकाया र कोहलपुर वडा नम्बर ११ का १९ वर्षीय युवक शाहीलाई नियन्त्रणमा लिएको छ।​दुई दिन पहिले कार्तिक ३ गते आशिष र गणेशका बीचमा सामान्य विवाद भएको र सोही विवादलाई रिसिबीको रूपमा लिँदै भाइको झगडामा दाजु मिसिएर आशिषमाथि चक्कु प्रहार गरेको डीएसपी पालले बताए।​'भाइको झगडामा दाजु गएर चक्कु प्रहार गरेको अनुसन्धानबाट खुलेको छ,' डीएसपी पालले भने, 'चक्कु प्रहारको घटनाबारे थप अनुसन्धान भइरहेको छ।'

Post a Comment

Previous Post Next Post