राजेश पायल माथि स्टेजमै हातपात

 चर्चित गायक राजेश पायल राईमाथि स्टेजमै हातपात भएको छ । नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा न्यू योर्कमा भएको सांगितिक कार्यक्रममा राई इज किङको उपनाम पाएका गायक राईमाथि हातपात भएको हो ।

गायक राई स्टेजमा उक्लिएको करिब १२ मिनेटमा हातपात गर्ने मानिस पनि स्टेजमा उक्लिएका थिए । सामाजिक सञ्जालमा उलब्ध लाइभ भिडियोमा ती व्यक्तिले गायक राईलाई पछाडिबाट घाँटिमा पाखुराले समाएर तानेको देखिन्छ । त्यसक्रममा गायक राई सन्तुलन गुमाएर झण्डै लडेको देखिन्छ ।


‘राई इज किङजस्तो राष्ट्रिय स्तरको कलाकारलाई बोलाएर बेइज्जत गरे,’ न्यू योर्क सिटीको क्वीन्सस्थित क्वीन्स प्यालेसमा भएको कार्यक्रममा सहभागी एक व्यक्तिले भने, ‘हात हालेको सबै सहभागीले देखेका छन् ।

गायक राईलाई हात हाल्ने व्यक्तिको नामा पासाङ दावा शेर्पा भएको र उनी ज्याक्सन हाइट्सस्थित फयुलनामक टिबेटन रेस्टुरेन्टमा काम गर्ने स्रोतको दाबी छ । ती व्यक्तिले गायक राईलाई पाखुराले घाँटि कसेर करिब ६ सेकेण्ड आफ्नो नियन्त्रणमा लिएका थिए ।

गायक राईलाई हात हाल्ने मानिसलाई सेक्युरिटी गार्डले हलबाट बाहिर निकालेका थिए र उनलाई के गर्ने भन्ने सम्बन्धमा आयोजक र गायक राईबीच छलफल चलिरहेको स्रोतको भनाइ छ ।

Post a Comment

Previous Post Next Post