महेन्द्र बहुमुखी क्याम्पसको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न !

     महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज बाँकेको स्वागत तथा बिदाई कार्यक्रम आज सम्पन्न भएको छ ! मानविकि संकाय प्रथम बर्षका बिद्यार्थीहरुलाई स्वागत तथा अन्तिम बर्षका बिद्यार्थीहरुलाई बिदाई कार्यक्रम संयुक्त रुपमा सम्पन्न गरिएको हो !डम्बर विस्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती 


 पुर्व सहायक क्याम्पस प्रमुख तथा प्रध्यापक अर्जुन प्रसाद पोखरेल को रहेको थियो ! साथै सम्पुर्ण बिद्यार्थी संगठन का नेताहरुको समेत उपस्थिती रहेको थियो ! उक्त कार्यक्रम संचालन सुरेन्द्र रावल र कल्पना थापाले गरेका थिए ! स्वागत कार्यक्रम बाट आपसी समन्ध स्थापित तथा भावनात्मक समन्ध स्थापित हुने प्रमुख अतिथी अर्जुन पोखरेल ले बताउनु भयो ! कार्यक्रम लाई समापन गर्दै  सभाअध्यक्ष डम्बर विस्वकर्माले बिद्यार्थीहरुले आफ्नो आफुले बोकेको लक्ष्य उदेश्य लाई पढाइ मार्फत पूरा गर्नु पर्ने बताउदै,शैक्षिक प्रगति को शुभकामना समेत दिएका थिए !कार्यक्रम मा नृत्य,कविता,गजल, लगाएत अन्य रचनात्मक प्रस्तुति  समेत प्रस्तुति गरिएको थियो !

Post a Comment

Previous Post Next Post