दोधाराचाँदनी–६ का वडा सदस्य योगेश चन्द राजपुतको निधन

 दोधाराचाँदनी नगरपालिका–६ का वडा सदस्य योगेश चन्द राजपुतको निधन भएको छ ।

अढाई महिनादेखि कलेजोको समस्याले ग्रस्त राजपुतको बिहीवार बिहान घरमै निधन भएको हो । ३२ बर्षीय राजपुत कांग्रेसकातर्फबाट वडा सदस्य पदमा बिजयी भएका थिए ।

वडा नं. ६ का वडाध्यक्ष दीलबहादुर सिजालीका अनुसार आजै महाकालीमा उनको अन्तिम दाहसंस्कार गरिनेछ । नगरपालिकाले वडा सदस्यको मृत्युमा आजै शोक बिदा दिने निर्णयसमेत गरेको वडाध्यक्ष सिजालीले बताए ।

Post a Comment

Previous Post Next Post