राष्ट्रिय सभा चुनाव : कर्णालीमा गठबन्धनका उम्मेदवारहरू विजयी

 सुर्खेत – राष्ट्रिय सभा सदस्यमा कर्णालीमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । बुधवार भएको चुनावमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन् ।

गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (महिला), नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (अपाङ्गता) र नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (खुला) राष्ट्रिय सभा सदस्य पदमा विजयी हुनुभएको हो ।

गुरुङले तीन हजार दुई हजार ९ सय ७० मतभार, विष्टले तीन हजार ६ र बोहोराले तीन हजार ६ मतभार ल्याएर विजयी हुनुभएको हो । कर्णालीमा तीन सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।

एमालेका चुडामणि शर्मा (खुला), गंगा महत (महिला) र पदमबहादुर माझी (अल्पसङ्ख्यक) ले उम्मेदवारी दिनुभएको थियो । चुनावका लागि कर्णालीमा गठबन्धका तीन दल र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको थियो ।

कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले गठबन्धन गरेका थिए । कर्णालीमा राष्ट्रिय सभा सदस्यका लागि भएको चुनावमा १ सय ९१ मतदातामध्ये १ सय ८९ जनाले मत खसालेका थिए ।


Post a Comment

Previous Post Next Post