कर्णाली प्रदेशमा भयो मन्त्रिमण्डल बिस्तार : नवनियुक्त पाँच मन्त्रिले लिए सपथ

पुष्कर खड्का सुर्खेत : कर्णाली प्रदेश ले मन्त्रिमण्डल बिस्तार गरेको छ । आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा मा नेकपा माओवादीले चार मन्त्रालय, समाजवादीले तीन मन्त्रालय र काङ्ग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालयमा दाबी नछोडेपछि भागबन्डा मिलाउन सकस भएको थियो ।

कर्णाली प्रदेश सरकारले गठन भएको तीनमहिनापछि पूर्णता पाएको छ । जीवनबहादुर शाहीले मुख्यमन्त्रीका रुपमा कात्तिक १६ गते सपथग्रहण गरेपछि तीन महिनापछि पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रीहरुले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र समाजवादीबाट एकजना मन्त्री नियुक्त भएका छन् । 


यज्ञबहादुर बिसि - सामाजिक बिकास मन्त्री, हिमबहादुर शाही -आन्तरिक मामिला तथा कानुन मन्त्री, गणेश प्रशाद सिंह -जलश्रोत तथा उर्जा बिकास मन्त्रालय , छिरिङ डम्डोल लामा(कार्र्चेन) -उद्योग पर्यटन बन तथा बताबरण मन्त्रालय , पदम रोकाया -भौतीक पुर्बाधार तथा शहरि बिकास मन्त्रालयमा रहेका छन । कर्णाली प्रदेशका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नवनियुक्त मन्त्रीहरूले आइतबार साँझ प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

गत १६ कातिकमा मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले आफ्नै दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट पाँच जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहीले पद तथा गोपनियताको सपथ लिएको तीन महिनापछि मन्त्री परिषद्लाई पूर्णता दिएका हुन ।


 यसअघि चारवटा मन्त्रालयको दाबी गर्दै आएको माओवादीले तीन र तीनवटा मन्त्रालयको दाबी गर्दे आएको एकीकृत समाजवादीले दुईवटा मन्त्रालयमा चित्त बुझाएका छन् । गैरसांसद कार्चेन लामालाई माओवादीले मन्त्री बनाएको भन्दै दलभित्रकै नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

Post a Comment

Previous Post Next Post