युट्युबरलाई कुटपिट गर्ने काठमाडौँको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चालक भीम गुरुङ ठगीको आरोपमा पक्राउ परेका छन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले गुरुङलाई बिहीवार पक्राउ गरेको हो ।यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा काममा लगाइदिने भनेर १२ जना नेपालीबाट जनही साढे ७ लाख रुपैयाँका दरले पैसा लिएर उनीहरूलाई भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरी परेपछि त्यसै आधारमा उनलाई पक्राउ गरिएको हो । गुरुङलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाइएको छ ।
गुरुङ सञ्चालक रहेको ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिमा केही दिन अघि पुगेका ठगीमा परेकाहरू व्यक्तिहरू र केही युट्युबरमाथि हातपात गरिएको थियो ।मेनपावर सञ्चालक र समर्थक युट्युबरमाथि जाइलागेपछि मेचिङ नेपाल च्यानलमा कार्यरत ३४ वर्षीय दिपेश राज पाण्डे, ४२ वर्षीय हरि प्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी घाइते भएका छन्।प्रहरीका अनुसार मंगलबार दिउँसो मेनपावरबाट पीडित भएकाहरूको साथमा युट्युबरहरु टोखा नगरपालिका–१४ स्थित मेनपावरको कार्यालयमा पुगेका थिए। घाइतेहरूको बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ।
Post a Comment