दाङको घोराहीबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घोरही उपमहानगरपालिका-१७ गुलरीया नजिकै सार्वजनिक बाटोबाट १ ग्राम ३ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपालिका-१२ हापुर बस्ने २६ वर्षीय दिपेन्द्र खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरी अनुसार खड्काको शरिर खानतलासी गर्दा उनले लगाएको ज्याकेटको भित्री खल्तीमा चुरोटको डिब्बा भित्र रातो प्लाष्टिकको टुक्राहरुमा धागोले बाधेको अवस्थामा ३४ पुडिया खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेलापारेको हो ।
Post a Comment