बाँकेका किसानलाई राहत दिन गृह मन्त्रालयसँग रु. ३८ करोड माग

जनक थापा ,बाँके २१ माघ, २०७८: गत असोज अन्तिम साता परेको बेमौसमी बर्षातले धानबालीमा पुर्याएको क्षतिको विवतरण बाँकेका तीन वटा स्थानीय तहले नपठाउँदै जिल्ला प्रशासन कार्यालय, बाँकेले शुक्रवार गृह मन्त्रालयमा पठाएको छ । स्थानीय तहले क्षतिको विवरण पठाउन ढिलाई गरेपछि प्रारम्भिक तथ्यांकको आधारमा क्षतिको अनुमानित रकम सहितको विवरण गह मन्त्रालयमा पठाएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

उनले पटक–पटक ताकेता गर्दा पनि बैजनाथ, राप्तीसोनारी र नेपालगन्ज उपमहानगरले क्षतिको विवरण नबुझाएको बताए । तीन वटा स्थानीय तहको प्रारम्भिक विवरण समेतलाई समेटेर ३८ करोड रुपैँयाको क्षति विवरण पठाएको उनले जानकारी दिए ।


गृह मन्त्रालयले क्षतिको विवरण पठाउने अन्तिम समय सीमा २० माघसम्म दिएको थियो । ‘स्थानीय तहलाई विवरण बुझाउन पटक–पटक ताकेता गर्दा समेत नदिएपछि उनीहरुले दिएको प्रारम्भिक तथ्यांकलाई आधार मानेर अनुमानित रकम पठायौँ,’ उनले भने ।

Post a Comment

Previous Post Next Post