श्रीमतीलाई बेचेर सालीसँग बिहे गर्ने पक्राउ

काठमाडौँ । १२ वर्षअघि श्रीमतीलाई दिल्लीको कोठीमा बिक्री गरेको आरोपमा रुकुमका खगेन्द्र वली पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई उक्त आरोपमा प’क्राउ गरेको हो ।

१२ वर्षअघि निद्रा लाग्ने औषधी खुवाएर बेहोस बनाई आफूलाई दाङ हुँदै दिल्ली लगिएको पीडितको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । पछि दिल्लीमै होटल चलाउने एक नेपालीको सहयोगले आफु कोठीबाट बाहिर आएको उनले बताएकी छिन् ।


पक्राउ परेका वलीले भने आफूले श्रीमतीलाई बिक्री गरेको नभई उनी दिल्लीमा हराएको बताएका छन् । आफूले पटक पटक खोजी गरे पनि नभेटेको उनको दाबी छ । पछि उनले साली नाता पर्ने युवतीसँग बिहे गरेका थिए । एक गैरसरकारी संस्थामा कार्यरत उनले प्रेम गरेर पीडितसँग बिहे गरेकामा उनीहरूका दुई सन्तानसमेत छन् ।

Post a Comment

Previous Post Next Post