बारम्बार मलाई सोधिरहने प्रश्नको जवाफ आइतबारसम्म पाउनुहुनेछ: मुख्यमन्त्री शाहि

 

पुष्कर खड्का सुर्खेत : कर्णाली प्रदेशमा आईतवार सम्म मन्त्रिपरिषद् बिस्तार गरिने भएको छ । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाट लेख्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने बताउनुभएको हो । आफूलाई सोधिरहनेहरूले आइतबार जवाफ पाउने बताउँदै उहाले लेख्नुभएको छ, ‘बारम्बार, मलाई सोधिरहने प्रश्नको जवाफ आइतबारसम्म पाउनुहुनेछ महोदयहरू ।’ मुख्यमन्त्रीमा नियुक्त भएको तीन महिनासम्ममा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै उहाको आलोचना भइरहेको थियो । मुख्यमन्त्री कार्यालयका स्रोतका अनुसार आइतबारसम्म मन्त्रीहरूको टुङ्गो लाग्ने सम्भावना धेरै रहेको छ ।

आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा मा नेकपा माओवादीले चार मन्त्रालय, समाजवादीले तीन मन्त्रालय र काङ्ग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालयमा दाबी नछोडेपछि भागबन्डा मिलाउन सकस भएको थियो ।

गैर सांसद पिन मन्त्री बन्दै यसैबिच, माओवादीबाट एकजना गैर सांसदलाई मन्त्री बनाउने चर्चा चलेको छ । यसको माओवादी पार्टीभित्र विवाद चुलिएको छ । प्रचण्डले हुम्लाको सिमीकोट गाउँपालिका–३ का छिरिङ दमदोल लामा उर्फ कार्चेन लामालाई हिमाली समुदायको प्रतिनिधित्वका लागि भन्दै मन्त्री बनाउने सिफारिस गर्नुभएको छ । लामा गैरसांसद मात्र नभएर मूर्ति चोरीको अभियोगमा दुई वर्ष जेल सजाय समेत भोगिसकेका व्यक्ति हुन् ।

२०४९ मंसिरमा लामाले तिब्बतको खोचेरनाथ गुम्बाबाट करिब १२ सय वर्ष पुरानो ऐतिहासिक मूर्ति चोरेपछि २०४९ मंसिर १४ गते नै उनीविरुद्ध हुम्ला जिल्ला अदालतमा चोरीको मुद्दा दर्ता भएको थियो । हाल प्रदेश सभामा माओवादीका निर्वाचित र समानुपातिक सांसद हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाउने निर्णयविरुद्ध नेता÷कार्यकर्ताहरू विभाजित भएका छन् । माओवदी केन्द्र कर्णाली प्रदेशका सचेतक ठम्मबर विष्टले सामाजिक संजाल मार्फत गैर सांसदलाई मन्त्री बनाउने तयारीप्रति आक्रोस व्यक्त गर्नुभएको छ ।।

Post a Comment

Previous Post Next Post