दर्शकमाझ लोकप्रिय बन्दै रानी शाक्यको ‘सुटुक्कै’ ( भिडियो )

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय गायिका रानी शाक्यले रमाइलो गीत ‘सुटुक्कै’ रिलिज गरे संगै स्रोता ,दर्शक लोकप्रिय बन्दै गैरहेको छ । गीत सार्वजनिक भएको करिब ७२ घन्टामै २ लाख भन्दा बढी आर्गानिक भ्युज सहित युट्युबबाट स्रोता,दर्शकको मन जित्न सफल भएको छ। सुनिता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको संगीत र राजु कार्कीको एरेन्जमेन्ट रहेको गीतलाई गायिका रानी शाक्यको युट्युब च्यानल ( Rani Shakya) र संसारभरका लोकप्रिय डिजिटल प्लेटफर्म मार्फत एकैसाथ सार्वजनिक गरिएको थियो ।


पछिल्लो समय म्युजिक भिडियोमा चर्चित जोडी विना राउत, सरोज राना प्रजाको अभिनय रहेको गीतको भिडियोमा मनकृष्ण महर्जनको सिनेमाटोग्राफी र बाङडे प्रसादको सम्पादन रहेको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।

Post a Comment

Previous Post Next Post