प्रदेश सभाको वक्तृत्वकलामा विनय भए प्रथम

पुष्कर खड्का सुर्खेत । कर्णाली प्रदेश सभाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा विनय उपाध्याय प्रथम भएका छन् । उनले ७६ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेका हुन् ।


कर्णाली प्रदेश सभाले आफ्नो स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । सोही अनुसार आज विहिबार ‘म प्रदेशसभा सदस्य भएँ भने’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा प्रथम भएका विनय सुर्खेतस्थित श्रीकृष्ण संस्कृत साधारण माध्यामिक विद्यालयमा अध्ययनरत छात्र हुन् ।

यसैगरी प्रतियोगितामा चिल्ड्रेन प्याराडाएज माविमाकी सावित्री भट्राई (७५.६६) द्वितिय स्थानमा, नेपाल राष्ट्रिय माविका विद्यार्थी शंकर आचार्य (७५.३३) तृतिय स्थान र जन नमुना माविकी विद्यार्थी ज्योती देवकोटा (७५)ले चौथो स्थान र सिद्धपाइला इ. मि.वि. का सुसान सापकोटा (७४.३३)ले पाचौं स्थान हासिल गरेका छन् ।

पाचौं स्थान हासिल गर्ने प्रतियोगीलाई पुरस्कृत समेत गरिने छ । उनिहरुलाई शुक्रबार आयोजित कार्यक्रमबाट सम्मान गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।



Post a Comment

Previous Post Next Post