निर्वाचन मिति घाेषणा नहुँदासम्म मतदाता नामावली संकलन जारी रहने

 निर्वाचन आयोगले स्थानीय चुनावको मिति घोषणा नहुँदासम्म फोटोसहितको मतदाता नामावली संकलन जारी राख्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले कानुनअनुसार मिति घोषणा भएको दिनसम्मको मात्रै विवरण अद्यावधिक गरी अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिए ।

सरकारले निर्वाचन आयोगले स्थानीय चुनावका लगि प्रस्ताव गरेको जेठ ४ लाई घोषणा गर्ने सम्भावना छ । आयोगले ७ सय ५३ स्थानीय तहकै निर्वाचन एकै चरणमा गर्नुपर्ने प्र


स्ताव गरेको छ ।

Post a Comment

Previous Post Next Post