पल शाहले आइडलकी होस्टलाई जिस्काउँदै सोधे' यति छिटो किन बिहे गर्‍यौ रेश्मा?'

काठमाडौँ: म्युजिक भिडियो किङ भन्दाभन्दै नायक पल शाह कन्ट्रोभर्सी किङतिर लम्किरहेका छन्। पहिला-पहिला यसो हिरोइनहरूसँग नाम जोडिन्थ्यो उनको। विशेष आँचल शर्मासँग। दुवैले साथी हौँ भनिरहे। मिडियाले अफेयर्स छ लेखिरह्यो। जब अनले बिहे गरिन् अनि बल्ल ए साथी हो रैछ त भन्ने भयो। तर आँचलले बिहे गरेपछि उनी विवादमा आउने मात्र हैन प्ले ब्वायको छवि नै बन्दै गयो। अझ त्यसमा पनि कानुनत नाबालिक गायिका समीक्षा अधिकारीको सम्बन्ध अनि खटपटले पल सङ्कटमै परे।

मनोरञ्जन क्षेत्र प्रेम र बिछोडको कथा सामान्य नै देखिन्छन्। तर समीक्षा र पलको खटपट सामान्य थिएन भन्ने उनको पिआर एजेन्ट समीक्षालाई ड्यामेज गर्ने सामाग्री बोक्दै मिडिया हाउस धाउनु, समीक्षाले पल विरुद्ध प्रहरीमा उजुरी दिन लागेको चर्चा बाहिरिनु अनि एक हुल मनोरञ्जन लेख्ने/ देखाउने पत्रकार समीक्षालाई फकाउन पोखरा पुग्नुले नै देखाएको थियो। वारको माहौल ताती सकेको थियो। पल टिकटकमै आएर आफुविरुद्द षड्यन्त्र भइरहेको छ भन्न थालिसकेका थिए। तर मौसमसँगै अहिले बिस्तारै यो प्रसङ्ग पनि चिसिँदै गएको देखिन्छ।



कलाकार हुन्। इमेजको माया लाग्छ नै। अहिले पल त्यही वारले ड्यामेज बनाएको इमेज बिल्डअपमा सक्रिय हुन थालेका छन्। रियालिटी शोमा देखिन थालेका छन्। शनिवार उनी नेपाल आइडल सिजन फोरको मञ्चमा गेस्टको रूपमा आएर आफ्नो कला यात्रालाई छोटकरीमा राखे। भिज्योल एडिटरहुँदाहुँदै ' हेलो हनी बनी' को म्युजिक भिडियो खेलेपछि कसरी यात्रा अभिनयतिर लम्कियो खुलाए। आइडलको सेटमै प्राविधिकको रूपमा काम गर्ने ८० प्रतिशत त सँगै काम गरेकाहरू रहेको भनेर माहौल हल्का भावुक पनि बनाए। कार्यक्रम सञ्चालक आशिफले सञ्चालिका रेश्मालाई जिस्काइरहन्छन्।

नाम्गेल तामाङको फिल्मी प्रस्तुतिपछि कुरैकुरामा आशिफले रेश्मा पनि म्युजिक भिडियोमा खेल्न सक्छिन् नि भन्दा पल रोमान्टिक हुँदै सायरी पारामा फ्लट गर्दै भने' म हराइसके तिम्रो केसमा, म डुबी सके तिम्रो केसमा, तीमिले यति छिटो किन बिहे गर्‍यौ रेश्मा?' भूपेन्द्र थापा मगरपछि सुमिन पाख्रिनले 'उडायो हावाले' बोलको गीत गाइसकेपछि उनी मञ्चमा गएर रेश्मासँग म्युजिक भिडियोमै अभिनय गरेझैँ भावभङ्गीमा नाच्न थाले।

कलाकार हुन् पल। निम्तो आइरहन्छ। स्टारडम कायम राख्न भिजिबल भइराख्नुपर्छ नै। तै पनि सम्हालिनु पनि उत्तिकै महत्त्वपूर्ण छ नै। झन्डै साख जति हावाले उडाइसकेको थियो। अब त चेत्ने पो होकी ! फ्ल्ट गर्न छाड्ने पो हो कि ! नत्र उडाउला हावाले करिअर, अडाउला हावाले।

Post a Comment

Previous Post Next Post