सुर्खेतमा करेन्ट लागेर युवककाे मृत्यु

 सुर्खेत । वीरेन्द्रनगर नगरपालिका -११ धुलियाबीटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। स्थानीय २२ वर्षका भुवन बुढाको करेन्ट लागेर मृत्यु भएको हो।


घरमा जोडेको बिजुलीको तर बाँसमा राखेर अग्लो बनाउन खोज्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। कार्यालयका अनुसार तार अग्लो बनाउन प्रयोग गरिएको बाँस खाडलमा राख्नेबेला फुत्किएर बिजुलीको नांगो तारमा खसेपछि बुढालाई करेन्ट लागेको हाे.त्यही घटनामा परी स्थानीय २० वर्षका दुर्गा रोकाया घाइते भएका छन्। उनको वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचार भइरहेको छ।


Post a Comment

Previous Post Next Post