१२ वर्षीय बालिका बलात्कारको आरोपमा सुन्दरहरैँचामा ५३ वर्षीय पुरुष पक्राउ

 यात्रा संवाददाता मोरङ : मोरङको सुन्दरहरैँचामा बालिका बलात्कार गरेको आरोपमा ५३ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं ८ मा १२ वर्षीय बालिका बलात्कारको आरोपमा रामदेव चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार आरोपी चौधरीले ती बालिकालाई ललाइफकाइ घरनजिकको बाँसघारीमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको बताएका छन् ।

पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । आरोपी चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


Post a Comment

Previous Post Next Post