क्यान बाँके शाखाद्धारा कोहलपुरमा रक्तदान कार्यक्रम

“रक्तदान जीवन दान” भन्ने मुलनाराको साथ क्यान महासंघ बाके शाखाले रक्तदान कार्यक्रम कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, बाँके शाखाको आयोजनामा कोहलपुरमा गरिएको रक्तदान कार्यक्रमा ३५ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले रक्तदान कार्यक्रमा भनेको नितान्त सामानिक कार्य भएको वताए ।


यसरी कार्यक्रमको आयोजना गरेकोमा क्यान महासंघ बाँकेलाई धन्यवाद समेत दिएका थिए । क्यान बाँकेले समाजमा विभिन्न खालका सामाजिक कामहरु गर्दै आएको छ । कार्यक्रमको सभापतित्व कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, बाँके शाखा अध्यक्ष रमणी प्रसाद शर्माले गरेका थिए । शर्माले आफुहरुले मानविय सेवामा समपित रहेर रक्तदान जस्तो कार्यक्रम गरेको वताए । साथै यसरी रक्तदान कार्यक्रम गर्दा कलेक्सन भएको रगतले दुखी विरामीहरुलाई सहयोग पुग्ने आफुले विश्वास लिएको वताए । साथै विगतका दिनहरुमा रगतको समस्या वाट आफ्ना कोहि सदस्यहरुलाई समस्या पर्दा समेत उक्त रगत काम लाग्ने समेत शर्माले वताए । साथै शर्माले आफुहरुले आयोजना गरेको कार्यक्रममा ३५जना व्यापारी ,कर्मचारी ,आम सर्वसाधारणले

रक्तदान गरेर सहयोग गरेकोमा धन्यवाद समेत दिएका थिए । कार्यक्रममा प्रविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरले गरेको थियो ।

Post a Comment

Previous Post Next Post