दैलेखमा सातौ साताको सरसफाई अभियान सम्पन्न

शिवराज सारू मगर दैलेख: विभिन्न ठाउँमा सरसफाई अभियान भएको छ l“सामाजिक रुपान्तरणको अभियानमा, हामी सबैको एक्यवद्धता” “परिवर्तनको हिस्सा बन्नुहोस् राम्रो काम लागि लागि पर्नुहोस्” नाराका साथ पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानले सो अभियान सुरु गर्दै आएको हो .

यस अभियान प्रत्येक हप्ताको शनिबार विहान ८:०० बजे देखि १०:०० बजे सम्म सुरु भैरहेको छ l यस अभियानको उदेश्य दैलेखलाई सफा,स्वच्छ, आर्कषक र प्रदुषण निवाकरण गर्नु हो l त्यसैले पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान र दैलेखका युवाहरु लागि परेका हुन .


यो अभियान सुरुको साता देखि नै दैलेख सदरमुकामको विभिन्न ठाउँमा सरसफाई गरि आज सातौ साता सम्म आईपुगेको सरसफाई अभियन्ताहरुले बताएका छन् .


आजको सातामा नारायण नगरपालिका -६ काडाँचौरबाट बसपार्क हुँदै दैलेख चर्चित पर्यटकीय क्षेत्र बेलासपुरमा पुगि सरसफाई अभियान सम्पन्न भएको छ .

अब यस अभियान दैलेख सदरमुकामको वरिपरि रहेको मठ मन्दिर र पानी अन्य सार्वजनिक स्थलमा पुगि सरसफाई अभियान गर्नु पर्ने छ भनि सरसफाई अभियान्ताहरुले बताएका छन् .

Post a Comment

Previous Post Next Post