बीरेन्द्रनगरमा रहेको सिटी बसपार्कमा व्यवसायगर्दै आएका व्यापारीहरुले धरौटी रकम फिर्ता पाउनु पर्ने माग गरेका छन।

 धनन्जय रिजाल,सुर्खेत 

पी.आर.कन्स्ट्रक्सनले वीरेन्द्रनगर नगरपालिकालाइ भाडाको रकम नबुझाँएकाले सम्झौता तोडिने डरले उनीहरुले रकम सुनिश्चता गर्न र सम्झौता अवधिभर बस्नदिन माग गरेका छन।

व्यवसायीहरुले आज सुर्खेत उधोग बाणिज्य संघ र बीरेन्द्रनगर नगरपालिकालाइ धरौटी रकम सुरक्षित गरिदिन माग गर्दै ध्यानआकर्षण पत्र बुझाँएका छन।

तालाबन्दी गरिएको अवस्थामा पनि संघका महासचिव लक्ष्मण कँडेल र कोषाध्यक्ष भद्र भन्डारीले ज्ञापनपत्र बुझ्नु भएको हो।

पी.आर. कन्स्ट्रक्सनलाइ वीरेन्द्रनगर नगरपालिकाले यही फागुन २५ गते अन्तिम पत्र लेख्दै रकम बुझाँउन ताकेता गरेको छ। 

पी.आरले सिटि बसपार्क सञ्चालन वापत नगरपालिकालाइ जरिवाना सहित २४ करोड भाडा रकम भुक्तानी गर्न बाँकी देखिएको छ। 

ठेक्का तोडिने डरले त्यसक्षेत्रमा व्यवासायले आफुले धरौटी बापत दिएको रकम सुनिश्चत हुनुपर्ने, तिनबर्ष नै त्यहाँ बस्न पाउनुपर्ने माग गरेका छन। 

५४ व्यवसायीहरुले तिन देखी पाँच लाखसम्म धरौटीबाट रकम पी.आर. कन्स्ट्रक्सनलार्इ बुझाँएको बताएका छन।

प्रत्येक महिना वीरेन्द्रनगर नगरपालिकालाई रकम बुझाउनुपर्ने सम्झौता भएपनि र पी.आर. कन्स्ट्रक्सले


करिब डेढबर्षको रकम बझाँएको छैन। 

वीरेन्द्रनगर नगरपालिका र पी.आर. कन्स्ट्रक्सनबीच २०७७ साउन २५ गते सिटि बसपार्क सञ्चालनका लागि सम्झौता भएको थियो। 

त्यसपछि व्यवसायी र पी.आर. बीच पसल सम्झौता गर्न भन्दै दुइपक्ष सम्झौता भएको थियो। व्यवयीहरुले तिनबर्ष सम्मको लागी भन्दै सम्झौता गरेको भएपनि पी.आर नगरपालिकालाइ रकम नबुझाएका कारण आफुहरु समस्यामा परेको बताएका छन।

आफुहरुले महिनावारी रुपमा पी.आर. कन्स्ट्रक्सनलाइ रकम बुझाँएको भएपनि उसले रकम नुझाँदाँ यस्तो समस्या आएको व्यवसायी हरिचन्द्र पौडेलले जानकारी दिनुभयो।

यता बीरेन्द्रनगर नगरपालिकाले भने आफुले नै भाडा उठाउन नसकेको भन्दै आफ्नो रकम आफै उठाउन भनेको छ।

नगरपालिकाले आफुहरुसंग सम्झौता नगरि, पी.आर.संग सम्झौता गरिएकाले उतैबाट रकम असुल गर्न सुझाँव दिएको छ।


Post a Comment

Previous Post Next Post