खजुरामा नो एमसीसी लेखेको बमलाई नेपाली सेनाले निष्कृय पारे

बाँकेको खजुरा बजारमा अज्ञात समूहले राखेको प्रेसर कुकर बमलाई निष्कृय पारिएको छ । नो एम सी सी लेखिएको उक्त बम राखिएको बिहान ७ बजे थाहा भएको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरिक्षक वसन्त आचार्यले जानकारी दिए ।
इमाम नगर ब्यारेक चार बाहिनी भैरव प्रसाद गढको टोलीका शोध थानेश्वर पोखरेलको नेतत्वमा पुगेको बम डिस्पोजल टोलीले ११:४ मिनेटमा निष्कृय पारेको थियो । खजुराको बजारमा नै बम राखेपछि स्थानीय बिहानै देखि त्रसित बनेका थिए ।

Post a Comment

Previous Post Next Post