बजेट पुस्तिका छपाईमा बदमासि : नारायण नगरपालिका दैलेख

बजेट पुस्तिका छपाईमा बदमासि : नारायण नगरपालिका ।
पुष्कर खड्का दैलेख :
 दैलेखको पुरानो नगरपालिका नारायण नगरपालिका ले आफ्नो नीति बजेट तथा कार्यक्रम पुस्तिका प्रकाशन गरेको छ । आर्थिक बर्ष २०७८/०८९ को बार्षिक नीति बजेट तथा कार्यक्रम पुस्तिका मा लाखौ पैसा हिनामिना भएको छ । बाहिर रंगिन (रातो) रहेको उक्त पुस्तिका २४७ पेजको छ । कुल लागत भ्याटसहित ३ लाख ४९ हजार ५ सय ३५ रुपैयाँ रहेको छ ।पुस्तिका वीरेन्द्रनगर सुर्खेतस्थित भवानी छापाखानामा छपाई भएको हो । छापाखानाले २०७८ कात्तिक ८ गते नारायण नगरपालिकाको नाममा जारी गरेको भ्याट बिलमा एउटा पुस्तिकाको मुल्य एक हजार ३ सय ४५ रुपैयाँ उल्लेख छ । 

बिलमा कुल दुई सय ३० थान पुस्तिका छपाइ भएको उल्लेख छ । अन्य छापाखानामा बजेट पुस्तिका छपाइबारे बुझ्दा अधिकतम मूल्य ४ सय रुपैयाँ पर्छ। सूचना प्रविधि अधिकृत बिसीले भने पुस्तिका छपाइमा बदमासी नभएको दाबी गरे । 'हामी प्रक्रियागत रुपमा चुकेका छैनौं, 'उनले भने, 'हामीले पुस्तिका छपाइका लागि कोटेसन माग गरेका थियौं, फरक फरक मूल्य सूची राखेर तीनवटा व्यवसायिक फर्मबाट कोटेसन परेको थियो, ती कोटेसनमध्ये सबैभन्दा कम मुल्य भवानी छापाखानाबाट पेश हुन आयो, सोही रकमलाई आधार मानेर नगरपालिकाले छपाइको काम गरेको हो ।' पुस्तिका प्रकाशन समितिको संयोजक उपप्रमुख सावित्री मल्ल छिन् भने प्रमुख संरक्षक नगरप्रमुख रत्नबहादुर खड्का छन् । सम्पादन मण्डलमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रेमश बहादुर बुढा, अधिकृत छैठौँ द्वय निरकबहादुर रावल र खमबहादुर थापा, सूचना प्रविधि अधिकृत प्रकास कुमार बिसी र नासु गोविन्दप्रसाद अधिकारी रहेको पुस्तिकामा उल्लेख छ । । नीति तथा कार्यक्रम २०७८ असार ३० गते बसेको आठौँ नगरसभाबाट पारित भएको थियो उक्त पुस्तिका छपाइमा भएको बदमासीबारे अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको छ .












Post a Comment

Previous Post Next Post