बाँकेका युबराज सिंह ,सहितकाे सशस्त्र प्रहरी बलको तिम स्वर्ण पदक हासिल गर्न सफल

           बाँकेका युबराज सिंह ,सहितकाे सशस्त्र प्रहरी बलको तिम स्वर्ण पदक हासिल गर्न सफल

समाचार दाता अञ्जली राजी १३ औ सागका टिम काताको स्वर्ण विजेता आर्मी तिम लाई बाँकेका युबराज सिंह ,सहितका अनिल चौधरी र स्वर्णिम मान्नधर रहेको सशस्त्र प्रहरी बलको तिम ले मात दिएर स्वर्ण पदक हासिल गर्न सफल भएका छन् । प्रथम कृष्ण प्रसाद भट्टराई समृति राष्ट्रिय कराते प्रतियाेगितामा टिम काताको पुरूषतर्फ प्रतिस्पर्धात्मक फाइनलमा त्रिभुवन आर्मी क्लबलाई मात्र शुन्य दशमलव दुई अंकले पछाडि पार्दै सशस्त्र प्रहरी बलको तिम ले स्वर्ण पदक जितेको हाे । टिम एपिएफका २५ दशमलव दुई र आर्मीले २५ अंक जोड्यो । पुलिस र प्रदेश एकले संयुक्तरुपमा कास्य पदक प्राप्त गरेका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।

प्रतियोगिताको कातातर्फको सबै स्पर्धा सकिएको छ। तीन स्वर्ण सहित प्रहरी अब्बल रहयो। एपिएफले एक स्वर्ण जित्यो। विभागीय टिम आर्मी भने स्वर्ण बिहिन बनेको छ ।

तीन दिन सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

Post a Comment

Previous Post Next Post