अनेरास्ववियु बाँके द्वारा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न !



२७ चैत्र २०७८, नेपालगन्ज बाँके
अनेरास्ववियु बाँके द्वारा आज २०७९ सालको भित्ते पात्रो बिमोचन गरिएको छ ! अनेक बाँके का जिल्ला अध्यक्ष दिनेश केसि को अध्यक्षतामा रहेको उक्त कार्यक्रम मा आसन्न्न स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन लक्षित प्रशिक्षण, नयां बर्षको शुभकामना आदान प्रदान तथा २०७९ सालको भित्तेपात्रो बिमोचन गरिएको हो ।
नेपालगञ्ज एमाले पार्टि कार्यालयमा आयोजित कार्यक्रम अनेरास्ववियु केन्द्रिय सचिब सुर्य रोकायको प्रमुख अतिथ्यतामा नेकपा एमाले जिल्ला उपाध्यक्ष डिल्ली बिसि, जिल्ला सचिब रत्न खत्रीको विशिष्ट अतिथ्यतामा भितेपात्रोको बिमोचन गरिएको हो ।

अनेरास्ववियु केन्द्रिय सदस्य सुमन घिमिरे, सचिबालय सदस्य तथा लुम्बिनी प्रदेश सचिब मोहित शाह नेकपा एमाले प्रदेश सदस्य हलिम शाह लगाएत नेता बिद्यार्थी हरुको उपस्थितमा कार्यक्रम सम्म्पन भएको अनेरास्ववियु बाँके जिल्ला कमिटी सचिब प्रकाश विस्वकर्माले जानकारी दिएका छन !


Post a Comment

Previous Post Next Post