बनगाडमा उम्मेदवारी फिर्ता लिनेको संख्या २२

 बनगाडमा उम्मेदवारी फिर्ता लिनेको संख्या २२


सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा प्रमुख र उप प्रमुख सहित २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गठबन्धन विच भएको सहमतिमा आधीकारिक उम्मेदवारलाई सघाउने पार्टीको ह्विप उल्लघङ गरि उम्मेदवार फिर्ता लिन नमाने उम्मेदवारलाई गठबन्धन दलले नसघाउने निर्णय गरेकाे छ ।



उम्मेदवार फिर्ता लिनेमा नेपाली कांग्रेसबाट प्रमुखमा सुन्दरा शाहि,उप प्रमुखमा समाजवादीबाट जीवन विसि,एमालेबाट उप प्रमुखमा चम्फा पुरी,वडा अध्यक्षमा समाजवादीका हस्तवहादुर पुन,एमालेबाट तुलसि पुन,भिम वलि,राप्रपाका वडा अध्यक्ष गाेप्लाे खड्का र अन्य सदस्यहरु सहित २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।गठबन्धन दलले वडा १,६,१२ मा समाजवादीलाई, उप प्रमुख कांग्रेस र माओवादीलाई प्रमुख सघाउने निर्णय भएको छ । तर नेपाली कांग्रेसका स्वतन्त्र उम्मेदवार दिपेन्द्र विष्टले भने आफ्नाे उम्मेदवारी कायम राखेका छन् ।

Post a Comment

Previous Post Next Post