१ सय ४५ जना उम्मेदवारले सल्यानमा उम्मेदवारी फिर्ता लिए

 १ सय ४५ जना उम्मेदवारले सल्यानमा उम्मेदवारी फिर्ता लिए .आगामी बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि विभिन्न पदमा उम्मेदवारी दिएका १ सय ४५ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । फिर्ता लिनेमा वागचौर नगरपालिकामा २ उप्रमुख, वडा अध्यक्ष सहित २४ जना, कपुरकोटमा १ जना वडा अध्यक्ष , कालिमाटी गाउँपालिकामा २ वडा अध्यक्ष , कुमाख


गाउँपालिकामा १ अध्यक्ष,१ उपाध्यक्ष ,२ वडा अध्यक्ष सहित ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।उम्मेदवारी फिर्ता लिनेमा दार्मा गाउँपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सहित २३ जना, त्रिवेणी उपाध्यक्ष १ जना,२ जना वडा अध्यक्ष गरी ११ जना, वनगाड कुपिण्डे नगरपालिकामा २२ जना र छत्रेश्वरीमा अध्यक्ष २, उपाध्यक्ष २ , वडा अध्यक्ष ५ जना गरी २५ जना रहेका छन् । यस्तै शिद्धकुमाख गाउँपालिकामा भने कुनै पदमा स्वतन्त्र उम्मेदवारी नपरेको कार्यालयले जनाएको छ ।सल्यानका १० वटा स्थानीय तहमा १ हजार ७ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।

Post a Comment

Previous Post Next Post