तुहार नथिया म्युजिक भिडियो सार्वजनिक भएको छ

थारु रोमान्टिक गीत ‘तुहार नथिया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।शब्द राम चौधरी आरोह,संगित केशब बडुको रेहको गीतमा आवाज प्रमोद डिजी, अन्नु चौधरीको रहेको छ ।
 म्युजिक भिडियो बाँकेको पर्यटकिय स्थल गाभर लगायतका बिभिन्न ठाँउमा छायाकंन गरिएको छ । नवराज सुबेदीको निर्देशन रहेको गीतमा कृष्णराज अधिकारी र शोना बज्राचार्यको अभिनय रहेको छ ।

थुप्रै म्युजिक भिडियोको निर्देशन गरिसकेका सुबेदीलाई एक मेहनती होनहार निर्देशक भन्दा फरक नपर्ने उनका भिडियो हेरेर थाहा हुन्छ । यो उनको थारु भाषाको चौथो म्युजिक भिडियो हो । साथै यस गीतको संगित संयोजन चर्चित संगित संयोजक,गायक तथा थुप्रै सुपर हिट गितको संगित संयोजन गरिसकेका केशब बडुले गरेका हुन । गीतमा डान्स कोरियोग्राफी रोयल डान्स कम्पनीका भरत शाहीले गरेका छन । दुई प्रेमी बिचको टाढापन र त्यसपछी भेट्ने आशमा रमाएका कथामा आधारित रहेर गीतमा देखाईएको छ ।

Post a Comment

Previous Post Next Post