राष्ट्रिय युवा संघ बाँकेको रक्तदान कार्यक्रम सम्पन्न

 




नेपालगञ्ज : राष्ट्रिय युवा संघ बाँके को बृहत रक्तदान कार्यक्रम आज भब्यता का साथ सम्पन्न भएको छ ! अस्पतालहरुमा उपचारको लागि आवश्यक पर्ने रगतको अभाव हुन नदिने उद्देश्यले एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाँकेले आईतबार नेपालगञ्जको पार्टी कार्यालय परिसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।



राष्ट्रिय युवा संघ नेपाल बाँकेका संयोजक समेत रहेका राप्ती सोनारी गाउपालिका वडानं. २ का जनप्रतिनिधि ज्ञानेन्द्र वली ‘ज्ञानु’ को अध्यक्षतामा रहेको रक्तदान कार्यक्रम मा प्रमुख अतिथी नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा युवा संघ ईन्चार्ज महेस बस्नेत हुनुहुन्थ्यो !रक्तदाननै जीवन दान भन्ने नारा का साथ आयोजना गरिएको उक्त रक्तदान  कार्यक्रममा २२१ जनाले रक्तदान गरेका थिए !


रक्तदाता युवालाई प्रमाण पत्र एमालेका केन्द्रीय सदस्य तथा नेता महेश बस्नेतले हस्तान्त्रण गरेका थिए । बिहानैदेखि युवासंघका विभिन्न कमिटीमा आवद्ध रहेका युवाहरु स्वस्फूर्त रक्तदानको लागि आएको जिल्ला संयोजक वलीले बताए । रेडक्रश बाँकेको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको थियो ।


Post a Comment

Previous Post Next Post