आमा के म जन्मनु गल्ति हो ?

आमा के म जन्मनु गल्ति हो ?
यौवनको आवेगमा आएर आफ्नो हर अँगहरु
आफ्नो बोईफ्रेड(श्रिमान) लाई सुम्पियौ ।
यौवनको आवेगले तिमिलाई रोक्न सकेन
त्यो रात खुल्ला सँसारमा रमाएका मेरा बा आमा
आज मलाई खुल्ला सँसार देख्न दिएनन् ।
आमा मलाई पनि रहर थियो दस धारा दूध खाने
बा मलाई पनि रहर थियो तिम्रो काखमा खेल्ने
मलाई पनि रहर थियो डाक्टर,पाईलट, ईन्जिनियर हुने ।
मेरा रहरहरु त मार्यौ मेरा सपना हरु त टुटायौ
तर भगवान मेरा बा आमालाई कहिल्यै दुख नदिनु
मेरा बा आमा जस्तै कसैका बा आमा नहोन् ।




 

मेरो नाम राख्न नदिदै म आहार कुकुरको भए ।
मेरो थर थाहा नपाउदै म सारा कुकुरको भए ।
आमा मलाई कुनै गुनासो छैन किनकि मैले
कसैको भोक मेटाएको छु कसैलाई बचाएको छु ।
तर तिमिले तिम्रो ईत्जत बचाउन मलाई मार्यौ ।
त्यसैले बा के जन्मनु गल्ति हो ?
लेखक : पुष्कर बाबू (खड्का)
दैलेख

Post a Comment

Previous Post Next Post