गजल यात्रा साहित्य अङ्क १
काखमा बच्चा छ पिठ्युँमा भारि जाँदैछन् 
यहि बाटो सरासर घरका पुजारी जाँदैछन्  ।
मर्नै लाग्दा पनि मर्न दिएंन बचाएं जसलाई 
तिनै मान्छेहरु मलाई जिउँदै मारी जाँदैछन् ।
सारा सम्बन्ध तोडेर आफ्नो घर भत्काएर 
कुन्नि कहाँ भेटाउने होलान् छहारी जाँदैछन् ।
कोहि मान्छे नबिकुन् कसैको भोट नबिकोस् 
होसियार फेरि घर घरमा ब्यापारी जाँदैछन्  ।
बचेरालाइ चारो खोज्न गएको अवसर पार्दै
बिचरा बचेराकै सिकार गर्न सिकारी जाँदैछन्  ।।
लेखक 
जङ्ग बोगटी त्रिवेणी 
दैलेख


Post a Comment