नेपाली कांग्रेस कर्णाली प्रदेशमा कोइराला पक्ष नेताहरूको बैठक,आफ्नो पक्षको समग्रमा ४० प्रतिशत सहभागीता नभए निर्वाचनमा भाग नलिने



नेपाली कांग्रेस कर्णाली प्रदेशमा कोइराला पक्ष नेताहरूको बैठक आज बसेको छ । बैठकमा कर्णाली प्रदेशका कोइराला पक्षका शीर्ष नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।


बैठकमा कोइराला पक्षका नेताहरु पुर्व मन्त्रि शिबराज जोशी,भुपेन्द्र जङ्ग शाही,,सुर्खेतका पुर्व सभापति कमलराज रेग्मी,कृष्ण कुमार बि.सी ,दैलेख जिल्ला कार्यसमितिका सदस्य मात्रिकाप्रसाद रिजाल , नारायण कोइराला ,भुपेन्द्र बहादुर शाही, लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा बैठक बसेको थियो ।

पुर्व मन्त्री शिबराज जोशिले पार्टी लाई एक ढिक्का बनाई अघि बढाउनु पर्ने मुख्य जिम्मेवार पार्टी नेतृत्व पंतिको रहेको नेतृव गैर जिम्मेवार भए कार्यकताले पाखा लगाउनु पर्ने र प्रथम त वार्ता र संवाद वाट समस्या समाधानको प्रयास गर्नु पर्ने र अटेर गरि अघि वढे जस्तोसुकै कदम चाल्न पनि हिचकिचाउनु नहुने धारणा ब्यक्त गर्नु भएको थियो ।

 बैठकमा नेपाली कांग्रेस कर्णाली प्रदेशका सदस्य भुपेन्द्रजंग शाहीले निर्वाचनमा तालमेल गर्न नहुने विषय आफूले पहिलेदेखि नै उठाउँदै आएको र कांग्रेस कार्यकर्ता पनि तालमेल को पक्षमा नरहेको बताएका छन् । शाहीले पार्टी नेतृत्वमा सबै नेता कार्यकर्ता र मतदाताको चाहनाअनुरुप निर्णय लिनुपर्ने बताउनु भएको छ ।
त्यस्तै आफूले पछिल्लो दिनमा कर्णाली प्रदेशका सम्बन्धित जिल्लाका कांग्रेसका नेता कार्यकर्तासँग सुझाव लिइरहँदा गठबन्धन गर्न नहुने कुरा आएको जिकिर गर्नुभएको थियो ।

शाहीले आफुले पटक पटक प्रदेश कार्यसमितिको मनोनित सदस्य तथा संसदिय समितिमा आफ्नो साथिहरूको सहभागीताका बारेमा पटक पटक प्रश्न गरिरहदा पनि हालसम्म कुनै सुनुवाइ नभएको र भोलि बिहान सम्म उक्त माग पुरा नभए गम्भिर कदम चाल्न आफु बाध्यहुने धारणा राख्नु भएको थियो ।

त्यस्तै सुर्खेत कांग्रेसका पूर्व सभापति कमलराज रेग्मीले आफ्नो पक्षको समग्रमा ४० प्रतिशत सहभागीता नभए निर्वाचनमा भाग नलिने र निर्वाचनको परिणामको जस तथा अपजस पनि नलिने धारणा राख्नुभएको थियो ।

त्यस्तै अर्का नेता कृष्ण कुमार बि सी ले  दैलेखका सभापतीले दैलेख जिल्लाको संगठन लाई मिलाएर लैजानका लागि आफुहरूले जिल्ला कार्य समितिको मनोनयनमा ५० प्रतिशत तथा ४० प्रतिशत संसदीय समितिमा भाग आफ्नो प्रतिस्पर्धा गरेको समूह लाई दिई एकताको संदेश दिनुलाई कस्ले कम्जोरीका रूपमा लिनु नहुने र पार्टी एकीकृत रूपमा अघि बढाउनु प्रमुखत सभापतिको जिम्मेवारी हुने धारणा ब्यक्त गर्नु भएकोे थियो ।


यस्तै कांग्रेसका नेता मात्रिका प्रसाद रिजालले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कोही पनि कार्यकर्ता तालमेलको पक्षमा नरहेको बताउनुभएको छ। रिजालले जित्नकै लागि गठबन्धन गर्न ठिक नहुने बताउनु भएको छ । मतदाता र कार्यकर्ताको भावना बिपरित जबजस्ती गठबन्धन गर्न थाले निर्वाचनको परिणाम पनि फरक हुन सक्ने विचार बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

 रिजालले कर्णाली प्रदेशका सम्पूर्ण जिल्लाहरुमा टिकट बाँडफाँडमा पनि सन्तुलन हुनुपर्ने माग गर्नुभएको छ । यदि टिकट बाँडफाँडमा सन्तुलन नभए निर्वाचनमा कांग्रेसले हार व्यहोर्नु पर्ने समेत हुन सक्ने आकलन गरेको बताउनु भयाे ।








Post a Comment

Previous Post Next Post