गठबन्धन कसका लागि, किन र औचित्य

 

गठबन्धन भनेको एक समान उद्देश्य र कारणले केहि व्यक्ति वा समूह एक साथ संयुक्त सहयोग दिएर कुनै कार्य गर्नु हो। गठबन्धनहरू अस्थायी वा परिस्थिति अनुसार बन्न सक्छन् । यसको कार्य मुख्यतः एक प्रकारको हुन्छ |गठबन्धन सरकार, संसदीय प्रणालीमा, एक भन्दा धेरै पार्टीहरूको गठबन्धनबाट बनेको सरकार हो। पार्टीहरूको गठबन्धनलाई एक चुनावी औजार मानिन्छ। क्याम्ब्रिज शब्दकोशमा "आम रुपमा एक सिमित समयको लागि, कुनै विशेष प्रायोजनको लागि विभिन्न राजनीतिक दल वा समुहको मिलन" लाई गठबन्धनको रुपमा परिभाषित गरिएको छ।आफुलाई लोकतन्त्रको ठेकेदार मान्ने| विश्वमा चलिरहेको लोकतन्त्रको मुल्य मान्यता मा आधारित छन कि छैनन् | नेतृत्व लोकतान्त्रिक लय मा छ कि छैन| विश्व धुर्विकरण संगै विश्वका शक्तिशालिदेशहरु पनि विना विचार र सिदान्त एक देखिएका छन | समय अनुसार हिड्नु | मानवीय स्वभाव हो | नेपालको सामाजिक सास्कृतिक अबस्था हेर्दा गठबन्धन अनिवार्य जस्तै छ | गठबन्धन लाई कसरी परिचालन गर्न भने बारेमा नै दोस | विगत लामो समयसम्म हामि बहुदलीय चुनावको अभ्यास बाट एकल चुनावी प्रक्रियामा गुजरियौ | जस्त्पो ब्यक्ति भए पनि जिन्दावादको नारा लगायौ | फलस्वरूप हामीले न निकास पायौ न राजनीतिक सस्कार र सामाजिक न्याय | केवलहातलागेको छ गरिवी पछ्यौटेपन वैदेशिक ऋण | राजनीतिक दलहरुले समयको गति र लय समात्न सकेनन | फलस्वरूप जनता मा नैराश्यता र दिगदारी ले जरो गाड्यो| जता ततै कुलीनतन्त्र आफ्नो मात्रैको खोजि हुन् थाल्यो | कानुनि शासन को वर्खिलाप मानिस हरु सवैधानिक अंगहरुको प्रयोग गर्न थाले | मानिसहरु भन्छन हुदा हुदा अदालत पनि सेटिंगमा चलन थाल्यो | यस्ता कयौ सामाजिक विकृति ले जरो गाडेको नेपाली समाजमा राजनीतिको गठजोड किन? चिया चौतारी होस् | मेलामा होस्| सामाजिक संजाल मा होस् | जताततै राजनीतिक अपवित्र गठजोडको तीव्र विरोध भैरहेको छ | न सिद्दान्त मिल्छ | न झण्डा मिल्छ | एक वा दुई को रिस ले गठबन्धन बनाउन मिल्छ | मिल्दैनथ्यो | तर यहा त् चिहान गएको मुर्दा जस्तै राजनीतिक दलहरुले आफ्नो दर्शन सिदान्त सबै मिल्काए | केवल सता जोगाउन र सता विरोधीलाई हराउन मात्रै यो अपवित्र बन्धन हो | केहि क्रान्तिकारी नेता भन्छन " सविधान र लोकतन्त्र को रक्षा का लागि हामीले गठबन्धन गरेका छौ |" त्यसो होला र भनेर यसो सोच्यो त्यो पनि हैन जस्तो लाग्छ | आफ्नो कुलका कुलंगारलाई चुनावी मैदान मा उतारी साताको रसपान गर्न बाहेक अरु केहि देखिदैन | अस्ति पोहर को वर्ष पनि गठबन्धन भएर यो देशमा वामपन्थीहरुले दुई तिहाई भन्दा वढी मत ल्यार देशमा करिव तिन वर्ष भन्दा वढी साताको रस पान गरेकै हुन् |यसको परिमाण के आयो त् ? पार्टी फुटे | मानिसहरु एक अर्का को विरोधी भए | न सडक न सदन दुवै बन्धक बनाए | विभिन्न खाले राजनीतिक चहलपहल का कारण मानिस हरुको आवश्यकता भन्दा देश को आवश्यकता अनुसार गठबन्धन हुनुपर्न हो | यहा त् गठबन्धनलाई सता मा जाने ल्याडर को रुपमा विकास गरिदैछ |


काँग्रेस को एउटा समुह खासगरी शेखर कोईराला को लाईन गठंब्धन को विपक्षमा छ भने वर्तमान प्रधानमन्त्री एवं नेपाली काँग्रेस का सभापति शेरबहादुर देउवा गठबन्धन को पक्षमा देखिएका छन | गठबन्धनका बारेमा शेखर कोईराला भन्छन " वीपीले वामपन्थी संग कहिल्यै संगै नजानु भनेका छन | " यसरि हेर्दा यस भनाईलाई त् हामीले २०४६ सालको बहुदलीय व्यवस्था स्थापना गर्दा होस् २०६२/०६३ को आन्दोलन मा होस् हामि त् सयुक्त रुपमा आन्दोलन मा सहभागी भएयौ फलस्वरूप नेपालमा लोकतन्त्र को विकास भयो तर हामीले आफ्नो मुद्दा स्थापित गर्न चुनावमा एक्लै जानुपर्छभन्ने मान्यता राख्दछन भने सभापति देउवा एमालेलाई हराउन गठबन्धनको पक्षमा देखिएका छन | कतिपय वाम विश्लेषक भन्छन बाह्यशक्तिको आडमा गठबन्धन भएको हो | यो जतिबेला पनि भत्किन सक्छ | तर देशको आवश्यकता सहि स्थायी सरकार नै हो | त्यसका लागि मुदा र विचार समुह मिल्ने हरु पो गठबन्धन मा जाने हो | यहा त् दक्षिणपन्थ र वामपंथहरुको गठबन्धन भएको देख्दा पो अचम्म लागेको छ |


माधव भन्छन चुनाव जित्नु भन्दा पनि केपी ओली लाई हराउन गठबन्धन हो रे | अरु भन्छन् प्रतिगमनको मतियार ओली हराउन गठबन्धन हो रे | अत्यन्त सुझबुझका साथ र देह्स विकासका लागि मिलिजुली काम गर्नु अनिवार्य आवश्यकताहो तर यहाँ त् एकले अर्को लाई हराउन वामपंथ र राजाबादी लोकतान्त्रिक पार्टी र वामपंथ हैन यो किन यस्तोभनेर सामाजिक संजाल हेर्यो भन्ने सबै ले लेखेका छन कमेन्ट गरेका छन सब सता का लागि | पछिल्लो समय वामपन्थी जस्तै काँग्रेस पनि सताका लागि किन मरिहते गरिरहेको छ भने कुरा जनमानसमा उब्जिएको छ | पोखराको मेयर कुन आधारमा अर्को पार्टीलाई दिन सकिन्छ, मेयर छाड्ने कुरा सोच्न पनि सकिँदैन,’ सचिव ढकालले भने, ‘केन्द्रले जबरजस्ती लाद्यो भने कास्कीमा गठबन्धन प्रक्रिया अन्त्य हुन्छ।’काँग्रेसकास्की भन्छ डालोको मत मानोमा हाले पोखिन्छ | त्यसैलेकास्की काँग्रेस अबल छ त्यहाँ गठबन्धन को औचित्य अर्थहिन छ | चितवन काँग्रेस भन्छ माओबादीलाई भोट हाल्न सकिन्न बरु मरिन्छ | महामन्त्री गगन भन्छन बरु हारौला गठबन्धन गर्दा स्थानीय आवश्यकता अनुसार नै गरौला | अर्का महामन्त्री विश्व प्रकाश भन्छन कार्यकर्ता को भावना र मर्म विपरित गठबन्धन गर्न सकिन्न | यस्ता अभिव्यक्ति र विचारले गठबन्धनको औचित्य छ त् ? नेपाली कांग्रेस र माओवादी चुम्बक का दुई धुर्व जस्तै हुन् यी कसरी मिल्छ त् भन्ने प्रश्न ले मानिसलाई पिरोली रहेको छ | त्यसैले विपिको विचार र आदर्श लाई कसरी अगाडी बढाउने भन्दा पनि नेता सतामुखी भएको देखिन्छ | समाजको रुपान्तरणका लागि नेपालका राजनीतिक दल हरुका कारण नै भएको हो | लोकतन्त्रको विकासका लागि नेपालका राजनीतिक दलका विच समन्वय अनिवार्य सर्त हो | के राजनीति बजारमा बिकाउ कुनै बस्तु हो र , जसकोआफ्नो निश्चित उद्देश्य पुरा गर्न प्रयोग गरिने साधन हो र ? नीति लाई लात हानेर राजनीति गर्न हरुलाई यस्ता थुप्रै प्रश्न हरु सोध्नु छ अहिलेको स्थानीय चुनावमा जसले राजनीतिको दिशा बदल्न सकोस | तर यहाराजनीति र साझाबस चुनाव र सार्वजानिक पद मुल्य र जिम्मेवारी भन्दा अबसरको रुपमा बुझाईछ | टिकट लिनेको लाईन गंगबुबस पार्क भन्दा कम छैन |


जनताको चाहाना र ईच्छा अनुसार नै राजनीतिको मियो अगाडी बढाउने हो र देश लाई विकास गर्न हो भने यो देशमा गठबन्ध को औचित्य छैन | अझ लोकतान्त्रिक पद्दति र सविधान र देशको रक्षा लागि पनि गठबन्धन आवश्यक छनै| आवश्यक छ त् स्वच्छ लोकतान्त्रिक प्रतिस्पर्धा र आवधिक चुनाव नै अपरिहार्य रहेको छ | नेपालमा गठबन्धन का सरकार हरु धेरै भए ति सबै कुहिएका फर्शी जस्ता भए | जसका कारण जनताले खासै सुख पाएनन् केवल नेताले सुख पाए त्यसकारण गठबन्धन होईन आफनै चुनाव चिन्ह मा र घोषणा पत्र मा भोट मागौ |

महेन्द्रकुमार कार्की
सामाजिक लोकतन्त्र अध्ययन केन्द्र
महासचिव कर्णाली प्रदेश

Post a Comment

Previous Post Next Post