रा.प्र.पा दुल्लू नगरपालिका दैलेखबाट नगर प्रमुखमा गणेश प्रसाद उपाध्यायको उम्मेदवारी दर्ता

बैसाख ३० मा हुने स्थानिय तहको निर्बाचनका लागि हिजो र आज उम्मेदवारी दर्ताको काम भैरहेको छ । दैलेखमा पनि हिजो ६४ जनाले मनोनयन दर्ता गरेका छन् । दुल्लु नगरपालिकाको मेयरका लागि राप्रपाका दैलेख क्षेत्र नं २ का अध्यक्ष गणेश उपाध्यायले हिजो निर्वाचन अधिकृतको कार्यालय दुल्लूबाट आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सुसासन, भ्रष्टाचार मुक्त समाज, पर्यटन पर्बद्दन, नि सुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, सर्वसुलभ गुणस्तरीय स्वास्थ सेवा, व्याबसायीक र बैज्ञानिककृषिको बिकास, भौतिक वातावरण मैत्री पुर्वाधार र उधोगको बिकास, बिकासमा युवाको प्रत्यक्ष सहभागिता, महिला र वालवालिकाका लागि सहज सेवा लगायत समाज रुपान्तरण र समृद्ध दुल्लु निर्माणका लागि उम्मेदवारी दिएको उपाध्यायले बताउनुभयो ।

उहाँले लामो समय शिक्षण सँगै दैलेखको सामाजिक बिकासमा महत्वपूर्ण योगदान दिनुभएको छ । २०७४ को स्थानिय चुनाबमा पनि उहाँ नगरप्रुखको उम्मेदवार हुनुहुन्थ्यो ।
यस्तै राप्रपाबाट दुल्लु नगरपालिकाको उप मेयरका नन्दकला योगीले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।


Post a Comment

Previous Post Next Post