रूख चिह्नमा नै मतदान गरको भनेर पार्टिले कारबाही गर्ने निर्णय गरे पनि मञ्जुर छु जिल्ला कार्यसमिति सदस्य नविन थापा

नेपाली कांग्रेस जिल्ला कार्यसमिति दैलेखका सदस्य नविन थापाले आफु गठबन्धनको पक्षमा नरहेको स्पष्टपारेका छन । स्थानीय आवश्यकताअनुसार सहमति हुनसक्ने भएपनि दैलेख जिल्लाको दुल्लू नगरपालिकामा भने कुनै पनि दलसँग गठबन्धन गर्न नहुने बताएका छन । “अन्य स्थानीयतहमा आवश्यकताअनुसार लोकल एडजस्टमेन्टको कुरा हुन सक्ला तर दुल्लू नगरपालिकामा भने त्यो आवश्यक नभएको जिकिर गरेका छन , जिल्ला कार्यसमिति सदस्य थापाले भने “हामी गठबन्धन भएन भने सिद्धिन्छौँ भन्ने पक्षमा छैनौँ, गठबन्धनका पक्षमा निर्वाचन लड्दैनौँ”, थापाले भने । उनकोे विचार र कामका आधारमा निर्वाचन हुने भएकाले जति दलको गठबन्धन आए पनि दैलेख जिल्ला तथा दुल्लू नगरपालिकामा भने कांग्रेस एक्लै काफी हुने जिकिर गरे । कांग्रेसले गरेका काम र आगामी दिनमा गर्ने कामको प्रतिबद्धताका आधारमा चुनाव जित्ने आफूहरुको प्रयत्न हुने थापाले जिकिर गरे ।


उनले यदि स्थानिय निर्वाचनमा गठबन्धन भएमा आफु रूख चिह्नन बाहेक अन्यमा मतदान नगर्ने बताएका छन तर नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले भने गठबन्धनमा सहमत नहुनेलाइ कारबाही गर्ने निर्णय गरेको छ ।यस कुरालाइ पनि थापाले खण्डन गर्दै भनेका छन यदि हाम्रो भावना बिपरित गठबन्धन भएमा उम्मेद्वार भए पनि नभए पनि रूख चिह्नन मा नै मतदान गर्ने हो । यदि रूख चिह्नमा नै मतदान गरको भनेर पार्टिले साधारण सदस्यसमेत नरहने गरि कारबाही गर्ने निर्णय गरेमा सोही निर्णयमा पनि आफु मञ्जर रहको तर अन्य चुनाब चिह्ननमा मतदान गर्न मञ्जुर नभएको जानकारी दिएका छन । 



Post a Comment

Previous Post Next Post