निर्वाचनका कारण रारा म्याराथन स्थगित अर्को मिति छिट्टै तोकिने

निर्वाचनका कारण रारा म्याराथन स्थगित अर्को मिति छिट्टै तोकिने
पुष्कर खड्का दैलेख : बैशाख ११ गते गर्ने भनिएको रारा म्याराथन स्थगित भएको छ । बैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम संयोजक चक्रबहादुर चन्दले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।



रारा म्याराथनको पूर्व निधारित मितिमा स्थगित गरिएको र अर्को मिति छिट्टै जानकारी गराउने बताउँदै चन्दले म्याराथनमा सहभागिताका लागि नाम दर्ता भएकाहरूको सोही अनुसार हुने बताउनुभएको छ । लोकतन्त्र दिवसको अवसर पारेर नेपालको कर्णाली स्थित मुगुको रारामा म्याराथन आयोजना गरिदै थियो । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथनको तयारी तिब्रगतिमा भएपनी स्थानीय तहको निर्बाचनका कारण स्थगीत भएको छ।

\  
मुख्य आयोजक अन्तरालका अनुसार यो म्याराथनले समग्र कर्णाली क्षेत्रको पर्यटन बिकासमा ठुलो योगदान पुर्याउने विश्वासका साथ यो कार्यक्रम हुने लक्ष्य लिइएको छ् । पूर्वनिर्धारित मितिमा सम्पन्न हुन नसके पनि रारा म्याराथनले यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने संयोजक चक्र बहादुर चन्दले बताउनुभएको छ ।

Post a Comment

Previous Post Next Post