पेट्रोलियम पदार्थको मुल्य वृद्धि को बिरोध मा अनेरास्ववियु बाँके सडकमा !

पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु बाँकेले नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले बिहान नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस अगाडी देखि ट्राफिक चोक सम्म नारा जुलुस गर्दै विरोध प्रदर्शन गरेको छ !



‘खाने तेल लगाएत पेट्रोलियम पदार्थ माथी गरिएको चर्को मूल्य वृद्धिको विरुद्धमा नाराबाजि लगाउदै कोण सभामा परिण्त भएको थियो !कोण सभालाई अनेरास्ववियु बाँकेका सचिब प्रकाश वि.क. महेन्द्र बहुमुखी क्याम्पस अध्यक्ष माधब खत्री ले सम्बोधन गरेका थिए !कोण सभालाई अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस सचिब डम्बर वि.क ले संचालन गरेका थिए ! सरकारले पेट्रोलियम पदार्थ लगाएत को मुल्य वृद्धि तत्काल फिर्ता नगेरे आन्दोलनको आधी बेहरी सिर्जना गर्ने अनेरास्ववियु बाँके का सचिब प्रकाश वि.क ले जानकारी दिएका छन् !

Post a Comment

Previous Post Next Post