म बोल्छु -(कविता)डम्बर विस्वकर्मा

 



कविता-:

म बोल्छु,,,

महङ्गि,भ्रष्टाचार,

र कालोबजारीको 

विरुद्ध ,


म बोल्छु,

अन्याय अत्याचार,

अपारदर्शीकता,

अनि घुषखोरी 

बिरुद्ध,,


 म बोल्छु,

 महिला,बालबालिका ,

 अनाथ असहाय,

 र बेसहाराहरुमाथी

 राजनीति गर्ने

 विरुद्ध,,,


म बोल्छु,

हत्या,हिंसा

बलात्कार हस्ता जघन्य 

अपराध गर्ने 

अपराधी 

बिरुद्ध,,,


म बोल्छु,

देशका राष्ट्रघाती

दलाल,

देशको स्वाभिमानमा

आच आउने ,

क्रियाकलाप गर्ने

देशद्रोही

बिरुद्ध ,,,,


चाहे,

छातिमै प्रहरीको,

बुट खान किन,

नपरोस,

चाहे,

बिदेशीको

गोलि खान किन 

नपरोस,


तरपनि,

न निरन्तर बोलिरहने छु,

बोल्ने छु,

म बोल्छु,

आज बोल्छु,

भोलि बोल्छु,

पर्सि पनि बोल्छु,

र,

सधै बोल्छु,


जब,सम्म,

देशमा,

हत्या हिंसाको 

अन्त्य हुदैन,

महङ्गि कालोबजारी,

देशद्रोहिहरुको,

अन्त्य हुदैन,

तब सम्म,


म,

बोलिरहने छु,

बोल्छु,

बोल्नु मेरो,

स्वतन्त्रता हो,

बोल्नुलाई कसैले,

रोक्न,

छेक्न सक्दैन,


म,

बोल्छु,

बोलिरहने छु,

.....      

     धन्यवाद -

                        --डम्बर विस्वकर्मा

         

Post a Comment

Previous Post Next Post