अस्पतालको बेड बाट सहयोग गर्न अपिल !





    बिगत दुई महिना देखि नेपालगन्ज को भेरी अस्पतालको बेड मा थला परिरहेका जाजरकोट बारेकोट गाउँपालिकाका  .२ का ...गणेश.. बि.क बिगत १० बर्ष देखि डोल्पा परिवार सहित बस्दै आउनु भएको थियो !सोही क्रम मा एक्कासि घर को तेस्रो तला देखि भुईमा खसेर उहाँ को जीवनले ठुलै घटना घट्यो !तत्काल उपचार का लागि नेपालगन्ज स्थित भेरी अन्चल अस्पतालमा ल्याईयो ! पछाडी को मेरुदण्ड को भाग पुर्ण रुपमा भाचिएको छ !साथै बायाँ कम्मर को हड्डी पुर्ण रुपमा टुटेको छ ! केही हलचल समेत गर्न समेत असह्ज भएको छ !केही सम्मय त निको हुन्छ कि भन्ने आशा पलायो तर दुई महिना सम्म बिति सक्दा अहिले सम्म कुनै संकेत देखिएको छैन !आफू संग भएको पैसाले केही समय सम्म त उपचार धान्यो तर अबको सामान्य दबाई खर्च जोह गर्न निकै गार्हो परिरहेको छ !सामान्य मजदुर गरेर परिवार पाल्दै आएका  ... बिक को परिवारमा एक श्रीमति सहित छोराछोरी रहेका छ्न उनिहरु अहिले डोल्पा मै बसिरहेका छन   !आर्थिक अभावका

कारण राम्रो ठाउम गएर उपचार हुन सकिरहेको छैन !अवस्था हेर्दा निकै दयनीय र कष्टकर छ ! दिसापिसाब समेत पाईप बाट नै हुने गरेको छ !आर्थिक जोह गर्न निकै गार्हो परिरहेको छ ! 

          त्यसैले उहाँले केही सहयोगि,मनकारि  ब्यक्तिहरुलाई केही आर्थिक सहयोग गरेर आफुलाई बचाउन  आग्रह गर्नु भएको छ !

Post a Comment

Previous Post Next Post