नेपालगन्जको बजेट १ अर्ब ६५ करोड,


नेपालगन्ज उपमहानगरपालिकाले आगामी आ.व. २०७९/०८० का लागि १ अर्ब ६५ करोड ७२ हजार ४ रुपैयाँको बजेट ल्याएको छ । ११औं नगरसभामा उपप्रमुख कमरुद्दिन राईले उक्त बजेट प्रस्तुत गरेका हुन् ।




नगरसभामा नगरप्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम ल्याउँदै बागेश्वरी मन्दिरको विकासलाई समेटेका छन् । नीति तथा कार्यक्रममा १ सय ८ फिट अग्लो हनुमानको मूर्ति बनाउने पनि उल्लेख गरिएको छ ।

Post a Comment

Previous Post Next Post