नेपालगन्ज मल्टिपल क्याम्पसमा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न ।

 द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक डा. कञ्चन घिमिरे ज्युले नेपालगन्ज मल्टिपल क्याम्पसका विद्यार्थीहरुलाई उत्प्रेरणात्मक प्रवचन दिनुभयो । उक्त कार्यक्रममा डा. घिमिरेले विद्यार्थीहरु मा मौलाउदै गएको विकृत प्रवृतिलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुराको ज्ञान दिनु भयो । 


करिब एक घन्टा चलेको कार्यक्रममा विद्यार्थीहरु निकै उत्साहीत एवम उर्जावान देखिन्थे । युवा तथा विद्यार्थीहरुमा फैलदैं गएको निराशापन , आलस्यता र  कुसंस्कारलाई ईङगित गर्दै डा. घिमिरेले भविष्य प्रति सचेत गराउदै अध्ययन सग्ं सगैं् सु संस्कार पनि आफ्नो व्यवहारमा लागु गर्नु पर्ने बताउनु भयो । बरिष्ठ प्रशिक्षक डा. कञ्चन घिमिरेले प्रवचन दिदैं गर्दा कार्यक्रमको माहोल शान्त , सुमधुर , उत्साहपूर्ण अनि उर्जावान थियो ।

कार्यक्रमको अन्तिममा आफ्नो मन्तव्य राख्दै कलेजका सहायक क्याम्पस प्रमुख थमन के.सी ले  बरिष्ठ प्रशिक्षक डा. कञ्चन घिमिरे को प्रवचनले विद्यार्थीहरुको अध्ययन , संस्कार अनि भविष्यमा निकै महत्वपुर्ण प्रवाभ पार्ने बताउनुभयो । साथ साथै उहाँले डा. घिमिरेले विद्यार्थीहरुलाई दिएको महत्वपुर्ण समयको कदर गर्दै खांदा ओडाएर र मायाको चिनो प्रदान गरेर सम्मान गर्नुभएको थियो ।    

Post a Comment

Previous Post Next Post