बाँकेमा प्रेमिकालाई ‘बर्थ डे’ मनाउन बोलाएर सामूहिक बलात्कार

बाँकेमा प्रेमिकालाई ‘बर्थ डे’ मनाउन बोलाएर सामूहिक बलात्कार
नेपालगन्ज ।
बाँके बर्दियाको सीमामा पर्ने मानखोलाको जङ्लमा एक जना १६ वर्षिया किशोरी सामूहिक बलात्कारमा परेकी छन् । फेसबुकबाट माया बसेका प्रेमीले जन्म दिन मनाउन बोलाएर उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न ५ जना र सहयोगी २ जना सहित ७ जनालाई १६ वर्षिया किशोरीलाई बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले पक्राउ गरेको छ ।



प्रहरीका अनुसार राप्ती सोनारीकी १६ वर्षिया किशोरीलाई फेसबुकबाट माया गरेका बाँके बैजनाथ ८ का हेमराज थारुले शनिबार साँझ जन्म दिन मनाउन बाँके बर्दिया सीमानको मानखोलामा बोलाएका थिए । प्रेमी भेट्न पुगेकी ती किशोरीलाई मानखोलाकै जङ्लमा मदिरा खुवाई ५ जनाले पालै पालो बलात्कार गरेका थिए ।

घटनाको विवरण अनुसार प्रेमी भेट्न बस चढेर मानखोला पुगेकी किशोरीलाई शनिबार साँझ प्रेमी हेमराज र उनका साथी बिक्रान्तले बर्दियाको बढैयाताल घुमाएका थिए । बढैयाताल घुमाएर मानखोलाको फुलवारीमा ल्याएर उनीहरुले शनिबार रातीबाट मदिरा सहितको बर्थडे पार्टी गरे । किशोरी मदिराबाट लत्ठ पर्दै गएपछि ५ जनाले किशोरीलाई पालै पालो बलात्कार गरे ।

५ जनाले बलात्कार गर्दा किशोरी बेहोस भईन् । किशोरी बेहोस भएपछि शनिबार नै किशोरीलाई मोटर साईकलमा राखेर बाँके बैजनाथ ८ स्थित पिपरीमा रहेको बिक्रान्त थारुको घरमा पु¥याए ।

बिक्रान्तको गोठमा सुताइएकी किशोरीको जव होस् खुल्दै थियो त्यहाँ पुनः २ जनाले बलात्कार गरे । किशोरी फेरि बेहोस् भईन् । मानखोलाको जङ्गलमा प्रेमी भनिएका हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुले बलात्कार गरेका थिए भने बिक्रान्तको गोठमा निराजन र विक्रान्तले पुनः बलात्कार गरेका थिए ।

अर्धचेत अवस्थामा रहेकी किशोरीलाई घर पु¥याईदिने भन्दै बिक्रान्तकै भे ३ प ३५२७ नम्बरको मोटरसाईकलमा नेपालगन्ज गुलरिया सडकको उढरापुरमा प्रहरी चेकिङमा परेपछि किशोरी माथिको बलात्कारको पर्दाफास भएको थियो ।

आईतबार बिहान प्रहरी चेकिङमा अर्धचेतको किशोरीलाई मोटरसाईकलको बिचमा राखेर नेपालगन्ज तर्फ लैजाँदै गर्दा प्रहरीले शंका लागेर किशोरी सहित ३ जनालाई नियन्त्रणमा लिएको थियो । होसमा आएपछि प्रहरीको सोधपुछमा किशोरीले बलात्कार गरेको बयान दिएपछि प्रहरीले थप ५ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरिक्षक प्रेम प्रसाद रेग्मीको कमाण्डमा खटिएको टोलिले बलात्कारमा संलग्न बैजनाथ ८ का हेमराज थारु, बिक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारुलाई पक्राउ गरेको छ भने बलात्कारको मतियारकारुपमा सहयोगी भुमिका खेलेका विश्वनाथ थारु र निर्देश थारुलाई पनि पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

बलात्कारमा संलग्न बिक्रान्तले गोठमा बलात्कार गर्दा कण्डम प्रयोग गरेको साबिती बयान दिएको भन्दै प्रहरीले प्रमाणकारुपमा प्रयोग गरेको कण्डम समेत बरामद गरेको इलाका प्रहरी धनौलीका प्रहरी निरिक्षक रेग्मीले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post