अछाममा बिधार्थीद्वारा प्रदर्शन

अछाममा बिधार्थीद्वारा प्रदर्शन 

अछाम जिल्लाको विनायक ४ कालिकास्थानमा १६ बर्षिय किशोर मृत भेटिए पछि पञ्चदेवल विनायक नगरपालिका तनावग्रस्त अवस्थामा छ । वडा नम्बर ४ कालिकास्थानकाे कुच्ची भीरमा २१ गते कालिकास्थानका विनाेद शाहीको शव रहस्यमय अवस्थामा फेला परेको थियो ।




मृतकका परिवारले घटनाको यथाशीघ्र अनुसन्धान गरि दोषी पत्ता लगाउन माग गर्दै विभिन्न आन्दोलन गर्दै आएका छन । १७ गते साँझ चुनावको बिषयलाई लिएर आफ्नै परिवार बिच द्वन्द सिर्जना भएको थियो । त्यही दिनबाट बेपत्ता भएका किशोर कुच्ची भीरकाे खाेचमा २१ गते बेवारिसे अवस्थामा भेटिएपछि हत्या गरेको दाबी गर्दै मृतकका परिवारले शव उठाउन दिएका छैनन ।

यसै बिषयलाई लिएर विनायक बजारमा प्रदर्शन हुनुका साथै मध्य पहाडी लोक मार्गमा आफन्तले चक्काजाम गदै आएका छन् । २३ गते बिद्यामन्दिर नमुना माबीका बिद्यार्थीले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै विनायक बजार हुँदै इलाका प्रहरी कार्यालय विनायकमा समेत नाराबाजी गरेका छन ।


बिनाेद शाहीलाई न्याय दे, हत्यारालाई सार्वजनिक गर्, बिद्यार्थी मार्न पाइदैन्, प्रहरी प्रशासन मुर्दाबाद, प्रहरी हस्तक्षेप बन्द गर् जस्ता नारा लगाउँदै चर्काे घाममा बिद्यार्थी आन्दोलित छन । घटनामा नगरपालिकाका जनप्रतिनिधिको समेत संलग्नता रहेको आरोप लगाउँदै घटनाबारे स्थानीय प्रहरी प्रशासनले लापरबाही गरेको भन्दै उनीहरू आन्दोलित छन् ।

किशोर मृत भेटिएको घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान गर्न तालिम प्राप्त कुकुरको समेत सहायता लगिएको छ । घटनाबारे अनुसन्धान गर्न सिआईविको टोली कमान्ड गरेर डिएसपी मनोहर भट्टको टोली समेत अनुसन्धानमा खटिएको छ


Post a Comment

Previous Post Next Post