बाँकेको नेपालगञ्जमा रहेको मेरो प्लानेटको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु

डम्बर विश्वकर्मा बाके,
बाँकेको नेपालगञ्जमा रहेको मेरो प्लानेटको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ। नेपालगञ्ज स्थित मेरो प्लानेटको स्विमिङ पुलमा पौडी खेल्न पुगेका नेपालगञ्ज ११ घर भएका बालकको मृत्यु भए पनि उक्त घटनालाई गोप्य राखिएको छ ।
नाम समेत सार्वजनिक नगरिएको उक्त बालकको शवलाई पोष्टमार्टमका लागि मेरो प्लानेटका कर्मचारीहरुले भेरी अस्पताल पुर्याइएका थिए ।


गर्मी छल्न बालक स्विमिङ पुल गएका थिए। त्यहाँ स्विमिङ गर्ने कि नगर्ने भन्ने दोधारमा रहेका उनी एक्कासी स्विमिङ पुल भित्र खसेर डुबेको हुन सक्ने उनलाई देखेका एक जनाले नाम नलेख्ने सर्तमा बताए ।


उनी डुबेर मृत्यु भइ सकेको जानकारी पाउने बित्तिकै एम्बुलेन्स बोलाएर उनको उद्धार भएको प्रत्यक्षदर्शीको भनाइ छ। उद्धार लगत्तै उनलाई पेट थिचेर पानी छदाएको र उपचारका लागि भेरी अस्पताल पुर्याउदै गर्द बाटो मै मृत्यु भएको एम्बुलेन्स चालकले बताए । अस्पताल पुगे पछि डाक्टरले मृत घोषणा गरेका थिए ।


मृतक बालकले पौडि खेल्नका लागि प्रयोग गर्ने लाइफ ज्याकेट समेत नलगाएको बुझिएको छ। स्विमिङ पुलका लाइफ गार्ड (प्रशिक्षक) भएपनि उनी स्विमिङ कस्ट्यूम नलगाई बसेको र उनले घटना घटेको केही समयपछि मात्रै थाहा पाउँदा उद्धारमा ढिलाई भएको स्थानीयहरुले जानकारी दिए ।

घटनाका बारेमा मेरो प्लानेटका संचालक संग जानकारी लिने प्रयास गर्न खोजिए पनि सम्पर्क हुन सकेन ।

फाइल फोटो


Post a Comment

Previous Post Next Post